बार्सिलोनाले सेभियालाई हरायो
खबर एक्सप्रेस
२०७९-०५-१९ ०८:५१ मा प्रकाशित
Total Shares: 191
काठमाडौं - क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले सेभियालाई ३–० ले पराजित गरेको हो ।
सेभियाकाे मैदानमा बार्सिलोनाको सहज जितमा राफिन्हा, रोबर्ट लेवान्डोस्की र एरिक गार्सियाले एकएक गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल थपेको थियो ।
जितसँगै बार्सिलोना ४ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । सेभिया १ अंक जोडेर १७औं स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस