काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले सचिवालय बैठक बोलाएर पार्टीमा देखिएका समस्या सुल्झाउन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सल्लाह दिएका छन् ।

आइतबार एक विज्ञप्ती जारी गर्दै गौतमले शनिबार आफू र प्रधानमन्त्री केपी ओलीबीच पार्टी र सरकारकाबीच उत्पन्न समस्या समाधानका बारेमा छलफल भएको बताएका छन् ।

त्यस्तै उनले समय र परिस्थति प्रतिकुल जारी अध्यादेश खारेज गरिएपछि पनि पार्टीभित्र अनेकौँ समस्या रहेकाले सचिवालय, स्थायी समिति र आवश्यक परे केन्द्रीय कमिटी बैठक पनि बोलाउन प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीलाई सुझाव दिएको बताएका छन् ।

‘सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरूको सुझाव सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हुँ,’ गौतमले भनेका छन्, ‘उहाँले धैर्यतापूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ, भएको यत्ति हो ।’