स्थानीय तहको निर्वाचन: बालेन शाहले पाए 'लौरो' चुनाव चिन्ह
खबर एक्सप्रेस
२०७९-०१-१७ ०१:३० मा प्रकाशित
Total Shares: 619
काठमाडौं - आसन्न स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिएका बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका छन्।
शनिबार काठमाडौंको सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका मेयरका स्वतन्त्र उम्मेदवार शाहले लौरो चुनाव चिन्ह पाएका हुन्। उनी पेशाले इञ्जिनियर तथा गायक पनि हुन् ।
निर्वाचन आयोगका अनुसार देशभर १२ हजार ७८९ जना स्वतन्त्र उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवार बनेकाहरूलाई ४० प्रकारका चिह्नमध्येबाटै निर्वाचन चिह्न दिने तयारी गरेको छ । उनीहरूलाई आज आयोगले निर्वाचन चिह्न दिँदैछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस