काठमाडौं - सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गरेर थुनामा राख्न पर्ने कारण पेश गर्न प्रहरीलाई आदेश दिएको छ।

प्रसाईंका तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले ४८ घण्टाभित्रमा लिखित जवाफ बुझाउन भनेको हो।

प्रसाईले केही समयअघि जेनजी सहिदकी आमासमेत रहेकी रास्वपा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खड्कालाई लक्षित गर्दै ‘छोराको लासमा टेकेर सांसद बनेको’ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त विषय रचना खड्काले संसद्मा समेत उठाएकी थिइन् ।

प्रसाईंले सामाजिक सञ्जालमार्फत शहीद रसिक खतिवडाबारे अपमानजनक टिप्पणी गरेको आरोपमा खतिवडाले साइबर ब्युरोमा उजुरी दिएकी थिइन् ।

सोही उजुरीका आधारमा साइबर ब्युरोको टोलीले अनुसन्धानका लागि सोमबार बिहान प्रसाईंलाई पक्राउ गरेको थियो ।

प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति समेत दिएको थियो ।

त्यसपछि दुर्गा प्रसाईंको हकमा उमा प्रसाईले नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो, भोटाहिटी, काठमाडौंसमेतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।