वाइडबडी जहाजमार्फत वुहानका नेपाली ल्याइँदै
खबर एक्सप्रेस
२०७६-१०-२७ ११:०० मा प्रकाशित
Total Shares: 1402
काठमाडौं - कोरोना भाइरसले प्रभावित चीनका विभिन्न शहरबाट नेपाली नागरिकलाई फर्काउन सरकारले विमान पठाउने भएको छ । फागुन ३ गते नेपाल एयरलायन्सको वाइडबडी (एयरबस ३३०) विमान पठाउने पर्यटन मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित वुहान शहरबाट करिब १८० जना नेपालीलाई बेइजिङस्थित नेपाली दुतावासको समन्वयमा सरकारले उद्धार गर्ने छ ।
वुहानमा रहेका अधिकांश विद्यार्थी रहेका छन् । विद्यार्थीका अभिभावकले आफ्नो सन्तानलाई स्वदेश फर्काउन गरेको आग्रहसँगै उनीहरुलाई नेपाल ल्याउन लागिएको हो । सरकारले यसअघि नै चीनबाट ल्याउने नेपालीलाई छुट्टै स्थानमा राख्न चार स्थानको व्यवस्था गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस