काठमाडौं - उखु किसानको रकम भुक्तानी नदिएका चिनी उद्योगीलाई उपस्थित गराउन गृह मन्त्रालयले नेपाल प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ ।

भुक्तानी नदिने इन्दिरा सुगर एन्ड एग्रो ई।प्रा।लि र अन्नपूर्ण सुगर एन्ड जनरल ईं प्रा. लि.का सञ्चालक राकेशकुमार अग्रवाललाई उद्योग मन्त्रालयमा उपस्थित गराउन नेपाल प्रहरीलाई पत्र पठाएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।