काठमाडौं,मोरङ- प्रदेश नम्बर-१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण भएको छ ।

मन्त्री कार्कीले ‘कन्ट्याक्ट ट्रेसिङ’का आधारमा बिहीबार स्वाब परीक्षण गर्नुभएकामा शुक्रबार कोरोना ‘पोजिटिभ’ पुष्टि भएको उहाँका निजी सचिव रवि खनालले जानकारी दिए । मन्त्री कार्कीले केही दिनदेखि सामान्य रुघाखोकी लागेकाले कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षण गराएका थिए  ।

उनी अहिले विराटनगरस्थित निवासमा ‘आइसोलेसन’मा बस्नुभएको छ । मन्त्री कार्कीको स्वास्थ्यावस्था अहिले सामान्य छ ।

उनले आफूसँग सम्पर्कमा रहनुभएका सबैलाई सजग रहन आग्रह गरेका छन् । यसैगरी, मन्त्री कार्कीका निजी सचिव खनानलाई पनि कोरोना पोजिटिभ देखिएको छ । उनी अहिले सुनसरीको धरानस्थित निवासमा आइसोलेसनमा बसेका छन् । उनको स्वास्थ्यावस्था पनि सामान्य छ ।