कोभिड रोकथामका लागि वीरगञ्ज नाकामा उच्च सतर्कता
खबर एक्सप्रेस
२०७९-०९-१४ ०८:१८ मा प्रकाशित
Total Shares: 154
वीरगञ्ज-छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ ।
यसैबीच वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले हेल्थ डेस्कको निरीक्षण गरेका छन् । उनले वीरगञ्ज प्रवेश गर्ने यात्रुलाई अनिवार्य जाँच गरेर मात्रै भित्र्याउन निर्देशन पनि दिए ।
हेल्थ डेस्कमा आवश्यक स्वास्थ्य उपकरण, मास्क, स्यानिटाइजर लगायतका सामग्रीको कुनै कमी हुन नदिने गरी चुस्त राख्न पनि आग्रह गर्दै आवश्यक परेका सामग्री महानगरबाट लिन पनि उनले आग्रह गरे ।

.gif)



फेसबुक पेज Like गर्नुहोस