महाभियोग प्रस्ताव दर्ता भएको पत्र बुझेर सर्वाेच्चबाट बाहिरिए जबरा
खबर एक्सप्रेस
२०७८-११-०१ ०२:१५ मा प्रकाशित
Total Shares: 204
काठमाडौं - आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी पत्र बुझेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वाेच्च अदालतबाट बाहिरिएका छन् ।
कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदले आइतबार बिहान प्रधानन्यायाधीश जबराविरुद्ध संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । यसबारे सचिवालयले जबरालाई पत्रमार्फत जानकारी गराएको हो ।
संसद सचिवालयबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको सूचनासहितको पत्र प्राप्त भएपछि जबरा सर्वाेच्चबाट बाहिरिएका हुन् । महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी पाएसँगै जबरा प्रधानन्यायाधीशबाट निलम्बित भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस