सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्मा पौडेल सिफारिस
खबर एक्सप्रेस
२०८०-०५-१० ०९:१३ मा प्रकाशित
Total Shares: 247
काठमाडौं- न्यायपरिषदले विनोद शर्मा पौडेललाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।
उच्च अदालत पाटनका न्यायाधीश शर्मालाई न्याय परिषद्को आइतबारको बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।
न्याय परिषद्ले उनको नाम संसदीय सनुवाइका लागि पठाएको छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएमा उनी सर्वोच्च अदालतको न्यायाधीश बन्नेछन् ।
उनी करिब ३ वर्ष सर्वोच्चको न्यायाधीश बन्नेछन् । यसअघि गतवर्ष भदौमा पनि उनको नाम सिफारिस भएको थियो ।

.gif)




फेसबुक पेज Like गर्नुहोस