बैतडीमा टिपर दुर्घटना हुँदा पाँच विद्यार्थीको मृत्यु
खबर एक्सप्रेस
२०७८-११-०९ ०७:१२ मा प्रकाशित
Total Shares: 224
काठमाडौं,बैतडी - बैतडीमा ट्रिपर दुर्घटना हुँदा पाँच जना विद्यार्थीको मृत्यु भएको छ । पाटन नगरपालिका-३ स्थित झालीमाली भिरबाट ट्रिपर खस्दा ट्रिपरमा सवार विद्यार्थीको मृत्यु भएको हो । मृतकको परिचय खुल्न सकेको छैन ।
उक्त ट्रिपरमा सिगास माविका विद्यार्थीहरु रहेको बुझिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ भने अहिले प्रहरी घटनास्थल तर्फ गइरहेको छ ।
दुर्घटनामा पाँच विद्यार्थीको मृत्यु भएको सुन्नमा आएको पाटन नगरपालिकाका उपप्रमुख सरस्वती कोलीले बताइन् । अहिले आफू घटनास्थलतर्फ गइरहेको पनि उनले बताइन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस