मतान्तर बढाउँदै बालेन्द्र, स्थापित र सिंह धेरै पछि
खबर एक्सप्रेस
२०७९-०२-०२ ०७:४६ मा प्रकाशित
Total Shares: 189
काठमाडौं - काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले मतान्तर झन् बढाउँदै लगेका छन् । पछिल्लोपटक सार्वजनिक मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्रले ५ हजार ७५८ मत ल्याएका छन्।
उनको यो मत दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितको भन्दा झन्डै २७ सय मत बढी हो । स्थापितले हालसम्म ३ हजार ७१ मत ल्याएका छन् । साथै तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २ हजार ६९० मत ल्याएकी छन् ।
हाल कामपा वडा नं १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस