आयोगले सनाखतका लागि माधव र महन्थको पार्टीलाई बोलायो
खबर एक्सप्रेस
२०७८-०५-०४ ०५:३५ मा प्रकाशित
Total Shares: 364
काठमाडौं - निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई भदौ ९ गते सनाखतका लागि बोलाएको छ । शुक्रबार बसेको आयोगको बैठकले दुवै दललाई एकैदिन सनाखतका लागि बोलाएको हो ।
भदौ ९ गते बिहान साढे ११ बजेदेखि २ बजेसम्म सनाखतको समय छुट्याइएको र सोही दिन दर्ता हुन सक्ने आयोगले जनाएको छ । यसअघि माधव नेपाल र महन्थ ठाकुरले प्रस्ताव गरेको पार्टीको नाममा फुर्को जोड्न नमिल्ने भएपछि दुवैले शुक्रबार नाम संशोधन गरेका थिए ।
दल विभाजनसम्बन्धि अध्यादेश जारी भएपछि नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजित भएर बुधबार नयाँ दल दर्ताको निवेदन आयोगमा परेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस