गुण्डुमा एमाले सचिवालय बैठक जारी, ओलीलाई नेतृत्व छोड्न दबाब
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 35
काठमाडौं - नेकपा एमालेको सचिवालय बैठक गुन्डुमा जारी छ।
शुक्रबार बोल्न बाँकी रहेका पदाधिकारीहरूले आजको बैठकमा आफ्नो धारणा राखिरहेका छन् ।
हिजो उपाध्यक्षहरूले आफ्नो कुरा राखिसकेका थिए । बैठकमा पाँच उपाध्यक्षमध्ये चार जना उपाध्यक्षहरूले ओलीलाई अध्यक्षबाट राजीनामा दिएर पार्टी पुनर्गठनमा सहयोग गर्न सुझाव दिएका थिए ।
शनिबारको बैठकमा उपमहासचिवहरू योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टपछि ९ जना सचिवहरूले वर्तमान राजनीतिक अवस्थाबारे आफ्नाधारणा राख्दैछन् ।
राजनीतिक परिस्थितिबारे पदाधिकारीहरूको कुरा सकिएपछि कार्यविभाजन, निर्वाचन परिणाम समीक्षा कार्यदल गठन लगायत कार्यसूचीमा बैठक प्रवेश गर्नेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस