काठमाडौं  - निवर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएकी छिन् । सत्तारुढ दल नेकपाले उपसभामुखबाट फिर्ता बोलाएकी तुम्बाहाङ्फेले आजै मन्त्रीको शपथ लिनेछिन् । 

तुम्बाहाङ्फेले सम्हाल्न लागेको मन्त्रालय यसअघि उपेन्द्र यादवले सम्हालेका थिए । उनको पार्टी समाजवादी सरकारबाट हट्ने निर्णय गरेसँगै उक्त मन्त्रालय रिक्त रहेको थियो । 

तुम्बाहाङ्फे कृष्ण बहादुर महरा सभामुख हुँदा उपसभामुख रहेकी थिइन्  । तर, महरालाई बलात्कारको आरोप लागेपछि उनी उक्त पदबाट निलम्बन भएपछि तुम्बाहाङ्फेलाई नेकपाले उपसभामुख पदबाट राजीनामा दिन लगाएका थिए ।  तुम्बाहाङ्फेले आज दिउँसो तीन बजे सपथ लिने कार्यक्रम छ ।