राष्ट्रिय प्रजातन्त्र पार्टीको दोलखा-बिगु काठमाडौं सम्पर्क समाज गठन
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी दाेलखा बिगु - काठमाडौं सम्पर्क समाज गठन भएको छ।
राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा भएकाे कार्यक्रममा प्रमुख अतिथि राप्रपा महामन्त्री भुवन पाठकले प्रमुख अतिथिकाे रूपमा मन्तव्य राख्दै आगामी निर्वाचनमा राप्रपा मुलुककाे अग्रणी शक्तिकाे रूपमा उदाउने बताउदै काग्रेस कम्युनिस्टदेखि वाक्क भएको जनताको विकल्पमा राप्रपा भएको वताए ।
उनले सुशासन,समृद्धि,हिन्दु राष्ट्र,राजसंस्थाकाे मुद्दा लिएर राप्रपा जनताको घरदैलाे जाने वताए । कार्यक्रममा प्रवक्ता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारमुक्त मुलुक बनाउने अभियानमा राप्रपा भएको बताए।राप्रपा सहायक महामन्त्री विजय खडकाले अथाह सम्भावना भएको बिगुवासीले अब विकल्प राेज्नुपर्ने बताए ।
विगत ३१ वर्षमा काग्रेस कम्युनिस्टले पालैपालो ब्रम्हलुट गरेकाे बताउदै जल,जमिन,जनशक्ति,जडिबुटी र पर्यटनकाे धनी बिगुवासीलाई काग्रेस कम्युनिस्टकाे भ्रष्टाचार र कुशासनले चरम दाेहन गरेकाे बताए । समृद्ध बिगु बनाउन अब सबैले राप्रपा राेज्नुपर्ने पनि उनले बताए । कार्यक्रममा राप्रपा सहायक प्रवक्ता प्रविण थाेकर लगायत वक्ताहरूले धारणा राखेका थिए ।
राप्रपा दाेलखा काठमाडौं सम्पर्क समाजका अध्यक्ष माेहन कार्कीकाे अध्यक्षतामा भएको कार्यक्रममा युवा नेता देवेन्द्र खडकाले उद्घाेषण गरेका थिए। राप्रपा बिगु-काठमाडौं सम्पर्क समाजकाे अधिवेशनले अध्यक्ष रामकाजी केसी,उपाध्यक्षमा मोतीलाल श्रेष्ठ,उपाध्यक्षमा नारायण गिरी सचिव अनिल वस्नेत,सह-सचिव अभिनास खड्का,पुस्कर श्रेष्ठ,गाेविन्द श्रेष्ठ कोषाध्यक्ष गायत्री खड्का, सह-कोषाध्यक्ष अनुज खड्का लगायत २५ सदस्यीय कार्यसमिति गठन गरेको छ। साे अवसरमा काग्रेस-कम्युनिस्ट परित्याग गरि ३१ जना बिगुवासी राप्रपा प्रवेश गरेका थिए।

.gif)




फेसबुक पेज Like गर्नुहोस