बुद्ध एयरको विमान दुर्घटनाबाट जोगियो, भैरहवाकाे रनवेमा टायर पञ्चर
खबर एक्सप्रेस
२०७९-०१-१७ ०४:४४ मा प्रकाशित
Total Shares: 190
काठमाडौं - भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको विमान दुर्घटनाबाट जोगिएको छ । शनिबार दिउँसो भैरहवाबाट काठमाडौंका लागि उड्न तयार रहेको बुद्ध एयरको उडान नं ८५६ को जहाजको आगाडिको टायर पञ्चर भएको हो ।
विमानस्थलका प्रवक्ता विनोदसिंह रावतका अनुसार रनवेमा स्पीड लिने क्रममा जहाजको अघिल्लो पांग्रा पड्किएको छ तर, कुनै मानवीय क्षति भने भएको छैन ।जहाजमा दुई बालबालिकासहित ७० जना यात्रु रहेका थिए ।
हाल यात्रुहरुलाई अर्को जहाजबाट काठमाडाैँ पठाउन थालिएको र धावनमार्गमा रोकिएको जहाजलाई प्राविधिक टिमले जाँच गरिरहेको छ । विमानस्थलकाे उडान र अवतरण अवरुद्ध भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस