मन्त्रिपरिषद् बैठक बस्दै, कोरोना नियन्त्रण गर्न थप निर्णय हुनसक्ने
खबर एक्सप्रेस
२०७८-०२-०३ ०२:५७ मा प्रकाशित
Total Shares: 274
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक सोमबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको हो ।
यो नियमित बैठक भएको एक मन्त्रीले जानकारी दिए । आजको बैठकमा कोभिड–१९ संक्रमणका विषयसहित नियमित कार्यसूचीमा छलफल हुने बताइएको छ ।
सोमबार प्रधानमन्त्री ओलीसहित सीसीएमसीको बैठकको बसेको थियो । उक्त बैठकले दिएका सुझावसहित कोभिड रोकथाम र नियन्त्रणका विषयमा आजको बैठकमा थप निर्णय हुने ती मन्त्रीले बताए ।
फेसबुक पेज Like गर्नुहोस