एकैदिन १८ सयले घट्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७७-०८-०९ ११:३५ मा प्रकाशित
Total Shares: 356
काठमाडौं - मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोलामा १ हजार ८ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९२ हजार रुपैयाँ रहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी तोलामा ३० रुपैयाँले घटेर एक हजार १ सय ८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस