घट्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७६-०८-१० ११:०० मा प्रकाशित
Total Shares: 510
काठमाडौं - आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
सोमबार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोला ४ सयले घट्दै ७१ हजार २ सय रुपैंयामा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि प्रतितोला ४ सयले घट्दै ७० हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।चाँदीको मूल्य पनि घटेको छ । चाँदीको प्रतितोला ८ सय ५०रुपैयाँमै कारोबार भैरहेको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस