लमजुङमा पहिरोमा पुरिएर एकैपरिवारका ३ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०३-२६ ०९:०० मा प्रकाशित
Total Shares: 437
काठमाडौं - लमजुङ सदरमुकाम बेशीशहरमा पहिरोमा परी एकै परिवारका ३ जनाको मृत्यु भएको छ । ३ जना घाइते छन् ।
बेशीशहर नगरपालिका–७, सातबिसेमा बिहीबार राति स्थानीय दीपक तामाङको घर पहिरोले पुरिँदा परिवारका ३ जनाको मृत्यु भएको हो । लमजुङ प्रहरीका अनुसार मृत्यु हुनेमा ३२ वर्षीय दीपक तामाङ सहित उनकी श्रीमती अन्दाजी २६ वर्षीया वीमाया तामाङ र छोरा ९ वर्षीय छेवाङ तामाङ छन् । घाइतेको जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस