राष्ट्रिय वाणिज्य बैंकद्वारा इभी लोन योजना सुरु
खबर एक्सप्रेस
२०८०-०५-२५ ०५:४९ मा प्रकाशित
Total Shares: 70
काठमाडौं - राष्ट्रिय वाणिज्य बैंकले आरबीबीएल इभी लोन फेष्टिवल नामक कर्जा योजना सुरु गरेको छ । बैंकका अनुसार यो बर्षको फेष्टिभ लोन, आरबीबीको इभी लोन भन्ने नारा सहित उक्त कर्जा योजना सुरु गरेको जानकारी दिएको छ ।
यही भदौ २६ गतेबाट सुरु हुने यो कर्जा योजनामा सबै भन्दा न्युन अर्थात नौं दशमलव ९५ प्रतिशत व्याज, प्रशोधन शुल्क शुन्य दशमलव २५ प्रतिशत, अग्रिम भुक्तानी लागत मुल्यको २० प्रतिशत, अधिकतम कर्जा सिमा एक करोड लगायतका सुविधा रहेका छन् ।
सीमित अवधिको लागि मात्र लागु हुने यो कर्जा योजनामा बैंकले आपुर्ती आदेश दिएको १५ दिन वा योजना अवधि भित्र कर्जा लिइसक्नु पर्ने छ ।
फेसबुक पेज Like गर्नुहोस