काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले गायन रियालिटी टेलिभिजन कार्यक्रम नेपाल आइडल सिजन–४ का आफूलाई मनपर्ने प्रतियोगीहरुलाई बैंकको मोबाइल एप“ग्लोबल स्मार्ट प्लस” प्रयोग गरी भोट गर्नसक्ने भएका छन् । 

बैंकले मोबाइल एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरुलाई लक्षित गरी आफूलाई मन परेको प्रतियोगीलाई “विजयी भव” भनी जीतका लागि आशिर्वाद दिन सक्ने व्यवस्था गरेको हो । ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले समयसमयमा यस्ता किसिमका योजनाहरु ल्याउने गरेको छ । 

हाल बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा, २५२ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।