एनएमबी क्यापिटलका दुई म्युचुअल फन्डकाे मूल्य समायोजन
खबर एक्सप्रेस
२०७८-०५-१८ ०१:१७ मा प्रकाशित
Total Shares: 329
काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एनएमबि क्यापिटलले व्यवस्थापन गरेका दुई फन्डको एकाइ मूल्य समायोजन गरेको छ । आज शुक्रबार नेप्सेले एनएमबि ५० र एनएमबि हाइब्रिड फन्ड एल १ को एकाइ मूल्य समायोजन गरेको हो ।
शुक्रबार नेप्सेले एनएमबि ५० को ३० प्रतिशत नगद लाभांश समायोजन गरेको छ भने एनएमबि हाइब्रिड फन्ड एल १ को २० प्रतिशत नगद लाभांश समायोजन गरेको छ । समायोजनपछि एनएमबि ५० को १२ रुपैयाँ ५३ पैसा कायम भएको छ भने एनएमबि हाइब्रिड फन्ड एल १ को एकाइ मूल्य ११ रुपैयाँ ८० पैसा कायम भएको छ ।
फेसबुक पेज Like गर्नुहोस