प्रधानमन्त्री बालेनलाई मोदीले दिए भारत भ्रमणको निम्तो
काठमाडौं - भारतीइ प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् ।
प्रधानमन्त्री बनेपछि पठाइएको बधाई सन्देशमै यस्तो निमन्त्रणा समावेश गरिएको परराष्ट्रमन्त्री शिशिर खनालले खुलासा गरेका हुन् ।
मन्त्री खनालका अनुसार प्रधानमन्त्री बालेनले उक्त निमन्त्रणा स्वीकार गरिसकेका छन्, तर भ्रमणको मिति भने अझै तय भएको छैन । दुवै देशका कूटनीतिक संयन्त्रमार्फत उपयुक्त समय निर्धारण गरिने उनले बताए ।
मौरिससको पोर्ट लुइस मा जारी नवौं हिन्द महासागर सम्मेलनका क्रममा सञ्चारमाध्यमसँग कुरा गर्दै खनालले भने, 'हामीले निमन्त्रणा प्राप्त गरिसकेका छौँ र प्रधानमन्त्रीले स्वीकार पनि गरिसक्नुभएको छ। अब उपयुक्त समय मिलाएर उच्चस्तरीय भ्रमण अघि बढ्छ।'
खनालले निर्वाचन लगत्तै नरेन्द्र मोदीले रवि लामिछाने र प्रधानमन्त्री बालेनसँग प्रत्यक्ष संवाद गरेको पनि स्मरण गरे। त्यसयता नेपाल–भारतबीच विभिन्न तहमा निरन्तर संवाद भइरहेको उनले बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस