नेपाल जिम्बावे ‘ए’ सँग पराजित
काठमाडौं - नेपालले जिम्बावे ‘ए’ सँग पराजय व्यहोरेको छ। त्रिवि क्रिकेट मैदानमा भएको एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल जिम्बावे ‘ए’सँग ३ विकेटले पराजित भएको हो।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ३१ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३६ रन बनाएर १३७ रनको लक्ष्य दिएको थियो। जिम्बावे ‘ए’ले २६ ओभरको समाप्तिमा ७ विकेट गुमाएर पुरा गरेको हो।
नेपालको लागि ४ खेलाडीले मात्रै दाहोरो अंकको रन बनाउन सके। सोमपाल कामीले ३०, करण केसीले २५, कुशल भुर्तेलले १९ तथा दिपेन्द्र सिंह ऐरीले १८ रन बनाउन सक्यो। अन्य सात ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नसकेर आउट भए।
बलिङतर्फ जिम्बाव्वे ‘ए’का ब्राड इभान्सले ४ विकेट लिए। त्यस्तै, भिक्टोर न्युची, ब्राण्डन माभुक्ता तथा सिफास जुवाओले सामान दुई–दुई विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको जिम्बावेका ओपनर इन्नोसेन्ट कियाले सर्वाधिक ४८ रनको अविजित इनिङ खेले। चेफास जुवावोले ३२ रन, ब्राड इभान्सले १७ रन तथा राय किया १४ रन बनाए। अन्य खेलाडीहरुले दोहोरो अंक जोड्न सकेनन्।
बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले २ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै एक मेडनसहित ३२ रन खर्चिए। करण केसी २ तथा सागर ढकाल र सोमपाल कामीले एक÷एक विकेट लिए। नेपालले जिम्बावे ‘ए’ सँग दोस्रो एकदिवसिय खेल शनिबार तथा तेस्रो सोमबार खेल्नेछ।

.gif)



फेसबुक पेज Like गर्नुहोस