काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडीआई) कप्तानमा सन्दीप लामिछानेलाई नियुक्त गरेको छ।
क्यानले सोमबार मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपका लागि सन्दीपको नेतृत्वमा नेपाली राष्ट्रिय टोली घोषणा गर्दै उनलाई ओडीआई टोलीको नयाँ कप्तान बनाएको हो।
यससँगै रोहित पौडेल नेपाली राष्ट्रिय टोलीको ओडीआई नेतृत्वबाट पनि हटेका छन्। यसअघि उनी टी–२० र ओडीआई दुवै टोलीको कप्तानी सम्हाल्दै आएका थिए।
क्यानले यसअघि नै नेपाली टी–२० राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीलाई दिइसकेको छ।

.gif)


