काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालका संघिय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले अब सम्पूर्ण ध्यान सत्ता राजनीतिबाट कोभिड-१९ नियन्त्रणको अर्थ-राजनीतिमा केन्द्रित गर्नुपर्ने बताएका छन् । 

शुक्रबार सामाजिक सञ्जालमार्फत् भट्टराईले जनताको जीउज्यान रहे राजनीति गर्दै गरौँलासमेत भनेका छन् ।

‘अब केही समय देशको सम्पूर्ण ध्यान सत्ता राजनीतिबाट कोभिड-१९ नियन्त्रणको अर्थ-राजनीतिमा केन्द्रित होऊॅ।’ भट्टराईले ट्विटरमा लेखेका छन्, ‘तत्काल विभिन्न तहका सरकार र निजी क्षेत्रको संयोजनमा पर्याप्त अक्सिजन उत्पादन र वितरण,बेड र उपकरण,जनशक्ति,खोप आदि व्यवस्थापन युद्धस्तरमा गरौं !  जनताको जीउज्यान रहे राजनीति हुॅदै गर्ला !’