नारायणकाजी र कमानसिंहको सम्बन्धबारे स्थायी कमिटी बैठकमा प्रचण्डको ब्रिफिङ
खबर एक्सप्रेस
२०७७-०८-२८ ०२:१५ मा प्रकाशित
Total Shares: 318
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय सदस्य कमानसिंह लामा र प्रवक्ता नारायणकाजी श्रेष्ठको सम्बन्धबारे स्पष्ट पारेका छन् ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै कार्यकारी अध्यक्ष प्रचण्डले लामा र हाइड्रोपावरको विवादमा श्रेष्ठलाई अनावश्यक रुपमा जोडेर प्रचार भएको बताएका हुन् ।
प्रचण्डले लामाको हाइड्रो पावरको सेयरका विषयमा श्रेष्ठले समन्वय मात्रै गरेको बताएका छन् । उनले अनावश्यक प्रचारको भ्रममा नपर्न पनि आग्रह गरेका छन् । अब अर्को बैठक पुस १ गते १ बजे बस्नेछ ।
फेसबुक पेज Like गर्नुहोस