सरकारले प्रहरी संगठनलाई फेरि विवादमा ल्याएको छ : शेखर
खबर एक्सप्रेस
२०७९-०१-१८ ०४:०६ मा प्रकाशित
Total Shares: 375
काठमाडौं - नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रहरी महानिरीक्षक नियुक्तिको विरोध गरेका छन् ।
आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनले वरीयता मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको प्रक्रिया नै गलत भएको बताए ।
‘वरीयता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ । सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक विवादमा ल्याएको छ ।’कोइरालाले भने ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस