आज सुनको मूल्य बढ्यो
खबर एक्सप्रेस
२०७८-१२-१८ ११:०५ मा प्रकाशित
Total Shares: 564
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९८ हजार ९ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ शुक्रबार ८ सय रुपैयाँले बढेर ९९ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको भाउ तोलाको ९९ लाख २ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । बिहिबार प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबर १० रुपैयाँले बढेर १ हजार ३६० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस