सगरमाथा नेपाली पर्यटनको पुनरुत्थानको प्रेरणाको स्रोतः पर्यटनमन्त्री भट्टराई
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सगरमाथा नेपाली पर्यटनको पुनरुत्थानको प्रेरणाको स्रोत भएको बताएका छन् । १३ औं अन्तराष्ट्रिय सगरमाथा दिवसको उपलक्ष्यमा शुभकामना दिँदै मन्त्री भट्टराईले उक्त कुरा बताएका हुन् ।
मन्त्री भट्टराईले नेपालको पर्यटन छिट्टै पूर्ववत् अवस्थामा फर्कने र पर्वतारोहीको खुसी फिर्ता हुने विश्वास व्यक्त गरेका छन् । उनले नेपाल आगामी दिनमा विश्वको एक आकर्षक गन्तब्यका रुपमा सदाझै रहने विश्वास समेत उनले लिएका छन् ।
२९ मेका दिन पहिलो पटक सगरमाथामा मानव पाइला परेको थियो । सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको चुचुरो चुमेका थिए । नेपाल सरकारले सन् २००८ देखि यस दिनलाई सगरमाथा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस