काठमाडौं - राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगालेका केशवप्रसाद लम्साल एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकको रुपमा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको ५७१ औं बैंठकले उनलाई सो पदमा नियुक्त गरेको हो ।

नवनियुक्त सञ्चालक लम्सालले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएका छन् । अर्थशास्त्र एवं बिजनेस एडमिनिस्टेसनमा स्नातकोत्तरसम्म अध्ययन गरेका उनले राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न विभागहरुको नेतृत्व सम्हाल्दै नायब प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश लिएका थिए ।