काठमाडौं,सुनसरी - सुनसरीको कोशी गाँउपालिका– ६ सुकुम्बासी टोल बस्ने ३२ बर्षीय प्रमोद यादवको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । 

सोमबार बिहान साढे ५ बजे आफ्नै गँहुबारीमा पानी लगाउन जाने क्रममा यादवलाई एक्कासी जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको मकुना हात्तीको आक्रमणबाट यादवको मृत्यु भएको हो । कोशीटप्पुबाट निस्केर आएको हात्ती सोमबार बिहान फर्किने क्रममा यादवको मृत्यु भएको हो ।