प्राइम लाइफ इन्स्योरेन्सद्वारा सम्पुर्ण कर्मचारीको कोरोना बिमा
खबर एक्सप्रेस
२०७७-०१-१५ ०५:१६ मा प्रकाशित
Total Shares: 614
काठमाडौं - प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो कर्मचारीहरुको कोरोना रोगको संक्रमण सम्बन्धि बीमा गरिदिने भएको छ।
हाल विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड-१९ रोगको संक्रमणबाट आर्थिक सुरक्षा प्रदान गर्ने उदेश्यले कम्पनीले कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको प्रति व्यक्ति एक लाख रुपैयाँ बराबर बीमाङ्कको लागि हालै श्री बीमा समितिबाट सञ्चालनमा आएको कोरोना रोगको संक्रमण सम्बन्धि बीमा गर्ने निर्णय गरेकोे कम्पनीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस