कोइलाखानी विष्फोटमा परी ज्यान गुमाउने नेपालीको संख्या ४ पुग्यो
काठमाडौं - भारतको मेघालयस्थित कोइलाखानीमा भएको विष्फोटमा परेर घाइते भएका थप एक नेपालीको ज्यान गएको छ।
बेपत्ता भएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएको हो। यससँगै मृतकको संख्या चार पुगेको छ।
माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्समा रहेको अवैध कोइलाखानीमा विष्फोट हुँदा खोटाङकै बराहपोखरी गाउँपालिका–१ बराहपोखरी सालघारीका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी, २४ वर्षीय सुरेन्द्र खपाङ्गी र ३५ वर्षीय नरबहादुर खपाङ्गीको यसअघि नै मृत्यु भएको पुष्टि भइसकेको छ। .
राईको पनि मृत्युको खबर आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ। विष्फोटपछि राई बेपत्ता भएका थिए। बेपत्ता भएका राईको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको हो।
राई रोजगारीका लागि गत असोज ९ गते मेघालय गएका थिए। उनीहरुको उतै दाहसंस्कार गरिएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस