र्यापर साकारले नौ सहरमा कन्सर्ट गर्ने
खबर एक्सप्रेस
२०८०-०१-२५ ०५:३१ मा प्रकाशित
Total Shares: 102
काठमाडौं - र्यापर साकार अधिकारीले मुलुकका नौ सहरमा कन्सर्ट पनि गर्दैछन् ।
पाँच वर्षदेखि साकारको टुरको व्यवस्थापन गर्दै आएको पीभीई नेटवर्कले यसपटक पनि उनको नेपाल टुरको व्यवस्थापन गर्दैछ । नेटवर्कका अनुसार साकारले यस वर्ष अष्ट्रेलिया, भारत, युरोप र मध्यपूर्वी देशमा सांगीतिक भ्रमण गर्नेछन् । साकारको पछिल्लो म्युजिक भिडियो ‘नो पिस इन लभ’ नेपालसहित अष्ट्रेलिया र यूएईमा ट्रेन्डिङमा परेको थियो ।
फेसबुक पेज Like गर्नुहोस