काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तर्राष्ट्रिय संचारमाध्यममा नेपालमा नयाँ भेरियन्ट पत्ता लागेको भन्ने निराधार समाचार भएको स्पष्ट पारेको छ।

नेपालमा नयाँ भेरियन्ट पत्ता लागेको समाचारप्रति स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयसँग आधिकारिक जानकारी नलिई त्यस किसिमका भ्रमात्मक समाचार सम्प्रेषण नगर्न संचारकर्मी र संचारमाध्यमलाई आग्रह गरेको छ । 

बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले  विश्व स्वास्थ्य संगठनले भेरियन्ट अर्फ कन्र्सन भित्र परेका  र विभिन्न देशमा फैलिएको नयाँ भेरियन्टलाई अल्फा, डेल्टा,गामा र कप्पा छुट्टाछुट्टै नाम दिएको मध्ये नेपालमा अल्फा र डेल्ला भेरियन्ट मात्र पुष्टि भएको जनाएको छ।

यसअघि बेलायती अखबारमा कोरोनाभाइरसको ‘नेपाली प्रजाति’ भेटिएको समाचार प्रसारण गरेको थियो । तर, विश्व स्वास्थ्य संगठनले नेपालमा नयाँ भेरियन्ट पत्ता नलागेको पुष्टि गरिसकेको छ। यसबारे सरकारले बेलायतको स्वास्थ्य नियामक निकाय (आइएचआर)सँग जवाफ मागेको गरिसकेको छ ।