काठमाडौं - एसियाली खेलकुद छनोटअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालीले चीनविरुद्ध सानदार जित हासिल गरेको गरेको छ।

आइतबार बिहान सिंगापुरको सिंगापुर नेशनल क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले चीनमाथि २२१ रनको फराकिलो अन्तरले जित हासिल गरेको हो। 

चीनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा ३ सय १४ रनको विशाल लक्ष्य दिएको थियो । नेपालले दिएको विशाल लक्ष्य पछ्याएको ९२ रनमा सीमित हुन पुग्यो । 

चीनलाई सस्तैमा रोक्न नेपालका लागि कुशल मल्लले ३, सोमपाल कामी र सन्दीप लामिछानेले २/२, नन्दन यादवले एक विकेट लिए । त्यसअघि नेपालले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा ३ सय १३ रनको योगफल तयार पारेको हो। 

टी २० आई इतिहासमा नेपालले दिएको यो दोस्रो ठुलो विशाल लक्ष्य हो । नेपालले यसअघि २०२३ मा हाङझाओमा भएको एसियाली खेलकुदमा मंगोलियाविरुद्ध निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३१४ रन बनाएको थियो । 

आजको खेलमा विस्फोटक ब्याटिङ गरेका ओपनर कुशल भुर्तेल १२९ रन बनाउँदै पेभेलियन फर्केका थिए । उनले ४३ बलमा ५ चौका र १६ छक्का सहयोगमा १ सय २९ रन बनाएका हुन् । उनी कशल डेङ जिंकीको बलमा क्याच आउट हुन पुगेका थिए । कुशलले ३५ बलमा ४ चौका र १२ छक्का सहयोगमा शतक पूरा गरेका थिए । 

यो खेलसँगै नेपालका लागि टी२० आईमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको शीर्ष स्थानमा भुर्तेल उक्लेका छन् । भुर्तेलले ७७ खेलमा २ शतक सहयोगमा ९९ छक्का प्रहार गरेका छन् । यसअघि दीपेन्द्रसिंह ऐरीले टी २० आईमा ८९ छक्का प्रहार गरेका थिए । 

आजको खेलमा रोहित पौडेल १९ बलमा ५ चौका र ६ छक्का सहयोगमा ६९ रनमा अविजित रहे । कुशल मल्ल ४७ बलमा ८ चौका र ५ छक्का प्रहार गरी ९५ रनमा अविजित रहे ।

जितसँगै  समूह ‘ए’को नेपालले दुई अंक जोडेको छ । अब नेपालले बिहीबार मलेसियाको सामना गर्नेछ ।

जारी छनोटबाट सेमिफाइनलमा पुग्ने चार राष्ट्र २० औं एसियाली खेलकुदमा छनोट हुनेछन्। नेपालले गत संस्करणको एसियाली खेलकुद खेलेको थियो।