काठमाडौं  - नेपाली बजारमा आज सुनको मूल्यमा व्यापक बढेको छ। 

आज सुनको मूल्य २० हजार ५०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ। 

यसअघि गत जेठ १५ गते सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँ पुगेको छ। 

यसअघि जेठ १५ गते चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।