नेपाली महिला क्रिकेट टोली एसियन गेम्समा छनोट हुन असफल
काठमाडौं - चीनसँग डीएलएस पद्धतिका आधारमा पाँच विकेटले पराजित भएपछि नेपाल एसियन गेम्समा छनोट हुन असफल भएको छ ।
आइतबार मलेसियाको बायोमास ओभलमा एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत तेस्रो स्थानका निम्ति भएको खेलमा पाएको ४३ रनको नयाँ लक्ष्य चीनले अन्तिम बलमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । वर्षाका कारण खेललाई सात ओभरमा झारिएको थियो ।
चीनले ७ ओभरमा ४३ रनको फेरिएको लक्ष्य पायो। चीनले ७ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। मिङ्ग्यु झुले १८ रन जोड्दा काइ युजी अविजित ११ रनमा रहँदै चीनले लक्ष्य पुरा गर्यो।
अन्तिम बलमा चीनलाई जितको लागि २ रन चाहिंदा सीताको बलमा युजीले चौका हान्दै चीनलाई जित मात्र दिलइनन्। एसियाषमा चीनलाई छनोट गराउन सफल रहिन्। नेपालका लागि बलिङमा रिया शर्माले २ विकेट लिइन्।
त्यसअघि नेपलले खराब सुरूवात गरेको छ। वायुमास ओभल स्टेडियममा टस जितेर चीनले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको नेपालले निराशाजनक सुरूवात गरेको छ।
पहिलो ओभरमा ४ रन जोडेको नेपालले १.४ ओभरमा ७ रन बनायो। त्यसपछि नेपालले थप रन नजोडी ३ विकेट गुमायो। दोस्रो ओभरको पाँचौं बलमा ओपनर पूजा महतो १ रनमा आउट भइन्।
त्यसपछि तेस्रो ओभरको पहिलो बलमा ५ रन बनाएकी सम्झना खड्का तथा रूबी पोद्दार डकआउट भइन्। रुकीले दुवैलाई आउट गरिन्। त्यसपछि पानी पर्यो र खेल रोकियो।
पानी रोकिएपछि खेललाई ७ ओभरमा घटाइयो। जहाँ नेपालले ७ ओभरमा ५ विकेट गुमाएर ५० रन बनायो। सोनी पाख्रिन ५ रनमा आउट भइन्। यसपछि कप्तान इन्दु बर्मा ११ रन बनाएर आउट हुँदा कविता कुँवर अविजित २२ रनमा रहिन्। रुबिना क्षेत्रीले अविजित ३ रन जोडिन्।
चीनका लागि बलिङमा मा रुकुीले २ ओभरमा ५ रन दिएर २ विकेट झारिन्। वाङ हुइङ र झाओ यीहानले १र१ विकेट लिए। नेपाललाई हराउँदै तेस्रो भएको चीनले एसियाडमा स्थान पक्का गरेको हो ।
यो छनोटबाट थाइल्याण्ड, मलेसिया र चीनले जापानमा हुने २० औं एसियाली खेलकुद (एसियाड)मा खेल्ने भएका छन्। नेपाली महिला टोलीले यसअघि सन् २०१०, २०१४ र २०१८ को एसियाड खेलेको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस