शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा
खबर एक्सप्रेस
२०७७-१२-२९ ०५:३९ मा प्रकाशित
Total Shares: 357
काठमाडौं - शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा आएको छ ।
आइतबार दिँउसो डढेलो लागेपछि सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिइएको छ ।
पोखरेलका अनुसार हेलिकोप्टरमा पानी भर्नका लागि होटल सब्रिनाको स्वीमिङ पुल र मेलम्ची खानेपानी आयोजनाको पानी प्रयोग गरिएको थियो ।
त्यअघि काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल आगो नियन्त्रणका लागि पुगेका थिए ।
फेसबुक पेज Like गर्नुहोस