काठमाडौं - प्राय हामीले गाई–भैँसीको दुध बिहान बेलुकाको खानासँग खाने चलन छ । कुनैपनि स्तनधारी प्राणीका लागि दुध अतिनै आवश्यक पदार्थ हो । अझ मानव जीवनका लागि त झनै महत्वपूर्ण पदार्थ हो । कुनै पनि शिशुका लागि जन्मेको ६ महिना सम्म उसको सम्पूर्ण खानेकुरा भनेकै दुध मात्र हो ।

अर्थात दुध बाहेक अरु चिज दिन सकिदैन वा हुदैन पनि । बच्चाको उमेर बढदै जाँदा विस्तारै आमाको दुध आउने र बच्चाले खानेक्रम घटदै जान्छ । त्यसको पूर्ति गाई, भैँसी, भेडा, बाख्रा लगायतका जनावरका दुधबाट पूर्ति गर्ने गरिन्छ ।

दुधबाटै शरीरका लागि आवश्यक पर्ने प्रोटिन, कार्वोहाइट्रेड, फ्याट र मिनरल्स लगायतका तत्वहरु पाइन्छ । शरीरका लागि आवश्यक पदार्थ दुधबाटै पाइने हुनाले नियमित रुपमा दुध पिउने व्यक्ति शारीरिकरुपमा तन्दुरुस्थ र निरोगी हुन्छ ।

दुधमा पानीको मात्रा निकै बढी हुन्छ । त्यसैले साना बच्चाहरुलाई दुध खुवाएपछि छुट्टै पानी खुवाइदैन । किनकी दुधले पानीको काम पनि गर्छ । १०० ग्राम दुधमा ८७। ७ ग्राम पानी हुन्छ । ३।३ ग्राम प्रोटिन, ३।६ ग्राम लिपिड, ४।६ ग्राम कार्वोहाइट्रेड ०।२ ग्राम अर्गा्निक एसिड र ०। ७ ग्राम मिनरल्स हुन्छ ।

यस्ता छन् नियमित दुध खानुका फाइदाहरुः

 
– छाला चाउरी पर्ने, कडा हुने जस्ता समस्या समेत कम हुन्छन् ।
 
– नियमित रुपमा दुध पिउनाले सरीरको छालामा चमक आउँछ ।

– दुधले शरीरमा उर्जाको आपूर्ति सहजै गर्ने भएकाले मानिसलाई बढी खानाको आवश्यकता पर्दैन जसका कारण उसको वजन बढ्ने डर हुँदैन ।

– दुधलाई तनाव निवारक पनि भनिन्छ । यदि तपाइँलाई तनावले सताएको छ भने एक गिलास मनतातो दुध पिउनुहोस् ।

– तपाइँको दिमाग ठण्डा हुनेछ अनि शरीरमा स्फूर्ति बढ्नेछ ।

– दुधको नियमित भोजनले आँखाको दृष्टि क्षमता मजबुत पार्नुका साथै कलेजोलाई पनि स्वस्थ राख्न मद्दत गर्छ ।

– दुधले अनुहार धुनाले अनुहारको छाला गोरो र चम्किलो हुने सौन्दर्य विज्ञहरु बताउँछन् ।

– दुध भिटामिन, चिल्लो पदार्थ लगायतका पोषक तत्वका साथै क्याल्सियम लवणको पनि राम्रो श्रोत हो ।

– दुधको नियमित भोजनले मानव शरीरका हड्डी तथा दाँत मजबुत हुन्छन् ।दुर्घटना दुई जनाको मृत्यु