काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले एमसीसी खारेजको माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै साम्पाङले एमसीसी खारेजीको माग गरेका हुन् । उनले बैठक समयमा सुरु गर्न पनि आग्रह गरे ।

उनले भने, म आफनो मन्तव्य राख्नुभन्दा पनि सरकारले कसो गर्नुपर्ने हो । म जनताको मागहरु राष्ट्रिय स्वाधिनताको जनताले

चाहेका कुराहरु के कस्ता छन् भन्ने कुरा बुँदागत रुपमा बाचन गर्न चाहन्छु । पृथ्वी रहीरहुन्जेलसम्म यो देश रहनुपर्छ । हाम्रो देशको अंकित झण्डा रहिरहनुपर्छ । यो मान्यता हामी राख्दर्छौं । देशमा स्वाधिनता भूराजनीतिक सन्तुलन र असलग्न राजनीतिलाई बचाइराख्न सैन्य रणनीति उदेश्यका साथ सुरु गरिएका असलग्न राष्ट्रघाती सन्धी एमसीसीलाई खारेज गर्नुपर्दछ भनेर म माग गर्न चाहन्छु ।’