काठमाडौं - अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता भएको छ ।

बुधबार अर्थ मन्त्रालयमा भएको भेटमा नेपाल–भारत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने तथा आपसी हितका विविध विषयमा छलफल भएको हो ।

भेटवार्तामा दुई देशबीचको आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने विषयले प्राथमिकता पाएको जनाइएको छ ।

भेटमा अर्थसचिव डा। घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयका विभिन्न अधिकारीहरूको समेत सहभागिता रहेको थियो ।