सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री खतिवडालाई
खबर एक्सप्रेस
२०७६-११-०८ ११:०० मा प्रकाशित
Total Shares: 279
काठमाडौं - सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. युवराज खतिवडाले पाएका छन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा स्वीस कम्पनीका एजेन्टसँग कमिसनका विषयमा छलफल भएको अडियो सार्वजनिक भएपछि तत्कालिन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजिनामासँगै खतिवडालाई उक्त जिम्मेवारी दिएको हो ।
गोकुल बास्कोटाले बिहिबार पदबाट राजिनामा दिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बास्कोटाले दिएको राजीनामा स्वीकृत गरिएको हो ।
फेसबुक पेज Like गर्नुहोस