काठमाडौं - २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।

जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफमा १९–१३ को जित निकालेको नेपाल दोस्रो हाफमा १५–१२ ले अघि रहँदै समग्रमा ३४–२५ ले विजयी भएको हो ।

यसअघि थाइल्यान्डलाई हराएको नेपाल चाइनिज ताइपेइसँग पराजित भएको थियो । समूह ‘बी’ बाट नेपाल र चाइनीज ताइपेइ सेमिफाइनल प्रवेश गरेका हुन् ।

सेमिफाइनलमा पुगेसँगै नेपालले महिला कबड्डीमा पदक जित्ने निश्चित भएको छ । अब नेपालले फाइनल प्रवेशका लागि शुक्रबार खेल्नेछ ।

१९औं एसियन गेम्समा नेपाली टोली महिला कबड्डीमा कास्य पदक जितेको थियो ।