राष्ट्रिय वाणिज्य बैंकबाट १८ किलो सुन र ५ करोड नगद लुटपाट भएको खुलासा
काठमाडौं - राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट भएको खुलासा भएको छ । २३ र २४ गते भएको जेनजी आन्दोलनकाक्रममा बैंकको नयाँ बानेश्वर शाखाबाट नगद र सुन लुटपाट भएको हो ।
नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले एक पडकास्टमा बोल्दै संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट ३८ करोड बराबरको नगद र सुन लुटिएको खुलासा गरेका हुन् ।
उक्त पडकास्टमा बोल्दै गभर्नर पौडेलले भनेका छन्- ‘एक ठाउँमा सिरियस लुटपाट भएको छ । संसद् भवनमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटिएको छ ।’
गभर्नर पौडेलका अनुसार लुटपाटमा संलग्नहरु अझै पक्राउ परिसकेका छैनन्। राष्ट्र बैंक र प्रहरीले सीसीटीभी फुटेज हेरेर संलग्नको पहिचान तथा अनुसन्धान गरिरहेको छ।
पौडेलले घटना घट्नेबित्तिकै सीईओहरुसँग भेटेर क्षतिको विवरण मगाएको र आउन बाँकी नै रहेको बताएका छन्। बैंकर्स एसोसिएसन र नेपाल राष्ट्र बैंककै अनुसन्धानबाट नेपालभर ६८ वटा बैंकका शाखा र ६९ एटीएममा क्षति पुगेको विवरण सार्वजनिक भइसकेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस