नेकपा सचिवालय बैठक सुरु
खबर एक्सप्रेस
२०७७-०८-२० ०३:२२ मा प्रकाशित
Total Shares: 293
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु आजको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी छन् । बैठक सुरु हुनु अघि ओली र दाहालबीच भेटवार्ता भएको थियो ।
गत मंगलबार ओली अनुपस्थित भएका कारण सचिवालय बैठक शनिबारसम्मका लागि स्थगित गरिएको थियो ।
आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेका अलग–अलग प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस