एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा
काठमाडौं - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज सुरु हुँदैछ । बैठक बिहान ११ बजे ललितपुरस्थित मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बस्न लागेको हो ।
पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनले केपी ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेपछि पुस ४ गते पहिलो बैठक बसेको थियो । सोही बैठकले आजदेखि पुस २८ गतेसम्मका लागि दोस्रो बैठक बस्ने निर्णय गरेको थियो ।
केन्द्रीय कमिटी बैठकमा आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन तयारीका विषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताए ।
यस्तै, बैठकमा केन्द्रीय सल्लाहकार परिषद् गठनका विषयमा पनि छलफल हुनेछ । पार्टीमा यसअघि चुनाव हारेका, पाका र कार्यकारी भूमिकाबाट अलग भएकाहरूसमेत समेटेर सल्लाहकार परिषद गठन गर्ने एमालेको तयारी छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस